नेप्सेमा प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
७ असार २०७९, मंगलवार

नेप्सेमा प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । प्रभु इन्स्योरेन्स लिमिटेडको ११ प्रतिशत बोनस शेयर बापतको १२ लाख ७८ हजार ९२ दशमलव ५६ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट चुक्तापूँजीको ११ प्रतिशत बोनस शेयर र ०.५८ प्रतिशत नगद गरी कूल ११.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्