सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

सानिमा लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एक कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलबार सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।

बोनस शेयर बितरणका लागि आज बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको ४.२० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ५२ रूपैयाँ २१ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३ सय ६७ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४.२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२२ प्रतिशत नगद गरी कुल ४.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि चौँथो वार्षिक साधारण सभा असार २० गते, स्मार्ट दरबार ब्यान्क्वेट धुम्बाराहि काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।


प्रतिक्रिया दिनुहोस्