उताप-चडावकाबीच शेयर बजारमा लाग्यो ओरालो, २ अर्बमा कारोबार खुम्चिदा ११ उपसूचक राताम्य
काठमाडौं । शेयर बजारमा अब उत्साह आउने आशामा बसेका लगानीकर्ताको आशा केबल आशा मै सिमित भएको छ । साताको पहिलो दिने छलाङ आएको शेयर बजारमा आज फेरी पहिरो गएको छ । पूँजी बजार सुधारका लागि लगानीकर्ताले उठाउर्दै आइरहेको १९ बुँदे माग पूरा गर्ने धितोपत्र बोर्डको आश्वासन पछि खुलेको हिजोको शेयर बजार आकाशियको थियो । लगानीकर्तामा अब सुधार हुने आशा पलाएको भए पनि त्यो आशाले २४ घण्टा समेत पुरा गर्ने नपाउँदै आज शेयर बजार ओरालो लागेको हो ।
धितोपत्र बोर्डले लगानीकर्ताका कतिपय मागहरु सम्बोधनका लागि कार्यन्वयन गइरहेको बताउदाँ समेत शेयर बजारमा लगानीकर्ता आजै पनि लगानी गर्ने डराइ रहेको अवस्था छ । मौद्रित नीति अगाडि ८ अर्ब भन्दा माथि पुग्ने कारोबार आजभोलि १।२ अर्बमा सिमित भइरहेको छ । बजेटमा लगानीकर्ताका माग सम्बोधन नभएको भन्दै आन्दोलित लगानीकर्ताले धितोपत्र बोर्डको सुधारको आश्वासन सँगै आन्दोलन फिर्ता तथा अनशनमा रहेका तिलक कोइरालाले अनशन तोडे पनि शेयर बजारमा सुधार आउन सकेको छैन ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.८५ अकंले घटेर १९३३.१३ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेप्से ९४.९२ अकंले बढेर १९५६.९८ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ५६ लाख ४१ हजार ५४० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४ करोड ४८ लाख ३१ हजार ९४७ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४८ रुपैयाँको कारोबार भएको थियो ।
सोमबार नेप्से घछ्दा ११ उपसूचकमा राताम्य छाएको छ । आज बैंकिङ समूहको ०.९२ प्रतिशत, ब्यापार समूहको २.०७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७२ प्रतिशत, विकास बैंक समूहको ३.५१ प्रतिशत, हाइड्रोपावर समूहको २.७५ प्रतिशत, फाइनान्स समूहको २.१५ प्रतिशत, निर्जीवन बीमा समूहको १.२३ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.८५ प्रतिशत, अन्य समूहको २.६१ प्रतिशत, माइक्रोफाइनान्स समूहको १.५८ प्रतिशत र म्युचुअल फण्ड समूहको १.३ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, जीवन बीमा समूहको १.२२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको १ प्रतिशतले शेयर मूल्य बढेको हो ।
















