नेप्सेमा एक कम्पनीको २ लाख ९५ हजार कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बापतको २ लाख ९५ हजार ८१२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७ प्रतिशत कर प्रयोजन गरी २६.३१५७ प्रतिशत लाभांश वितरण गरेको थियो ।