नेप्से ८.८७ अकंले ओरालो, साढे १ अर्बको कारोबार हुदाँ १० उपसूचक राताम्य « Arthapath.com
१७ असार २०७९, शुक्रबार

नेप्से ८.८७ अकंले ओरालो, साढे १ अर्बको कारोबार हुदाँ १० उपसूचक राताम्य



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से सामान्य घटेको छ । दुई दिन लगातार सुधार आएको शेयर बजारमा आज भने झिनो अकंले घटेको हो । यो साता ६ दिन कारोबार हुदाँ ३ दिन नेप्सेमा सुधार आएको छ । पूँजी बजार सुधारका लागि आन्दोलन गरी रहेका लगानीकर्ताहरुले आन्दोलन फिर्ता लिएसँगै यो साताको अरु साता भन्दा शेयर बजारमा सुधार देखिएको हो ।

नेप्से घटेसँगै कारोबार समेत आज खुम्चिन पुगेको छ । शेयर बजारमा यो साता ३ दिन सुधार आउदा कारोबार भने सुधार आउन सकेको छैन । लगानीकर्ताले पूँजी बजार सुधारका लागि उठाउदै आएका १९ बुँदे माग सम्बोधन गर्ने नेपाल धितोपत्र बोर्डको आश्वासन पछि समेत लगानीकर्ता आजै लगानी गर्ने डराइ रहेको अवस्था छ ।

उताव चडावका बीच शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.८७ अकंले घटेर २०२८.७७ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सामान्य अकंले घट्दा १० उपसूचकमा राताम्य छाएको छ । आज बैंकिङ समूहको ०.६ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८१ प्रतिशत, विकास बैंक समूहको १.३९ प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशत, निर्जीवन बीमा समूहको ०.२२ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.६१ प्रतिशत, अन्य समूहको ०.५५ प्रतिशत, जीवन बीमा समूहको ०.३४ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.५९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.८८ प्रतिशतले शेयर मुल्य घटेको हो । त्यस्तै, ब्यापार समूहको १.३९ प्रतिशत, फाइनान्स समूहको ०.४६ प्रतिशत र माइक्रोफाइनान्स समूहको ०.६६ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्