शेयर बजार आकाशियो, नेप्से ५७ अकंले बढ्दा साढे २ अर्बको कारोबार सबै सूचक हरियाली « Arthapath.com
१९ असार २०७९, आईतवार

शेयर बजार आकाशियो, नेप्से ५७ अकंले बढ्दा साढे २ अर्बको कारोबार सबै सूचक हरियाली



काठमाडौं । अघिल्लो साताको अन्तिम कारोबार दिन ओरालो लागेर बन्द भएको शेयर बजार यो साताको पहिलो कारोबारको दिन भने शेयर बजारमा आकर्षक सुधार देखिएको छ र साताको पहिलो कारोबारको दिन शेयर बजारमा छलाङ आएको छ ।

शेयर बजारमा आकर्षक सुधार देखिएसँर्गै कारोबार समेत बिस्तारै सुधार हुदै गइरहेको छ । पूँजी बजार सुधारका लागि चालु आर्थिक वर्षको बजेटले आसै कुरा नसमेटेको भन्दै लगानी गर्ने डराइ रहेका लगानीकर्ताहरुमा बिस्तारै लगानीको बतावरण बन्दै गएको आंकलन गरीएको छ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.६१ बिन्दुले बढेर २०८६.३८ बिन्दुमा बन्द भएको हो । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.८७ अकंले घटेर २०२८.७७ बिन्दुमा बन्द भएको थियो ।

आज शेयर बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९८ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा आकर्षक सुधारआएसँगै आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज बैंकिङ समूहको १.२३ प्रतिशत, ब्यापार समूहको ९.३ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.५ प्रतिशत, विकास बैंक समूहको ३.३९ प्रतिशत, हाइड्रोपावर समूहको ५.६५ प्रतिशत, फाइनान्स समूहको ४.२७ प्रतिशत, निर्जीवन बीमा समूहको २.२१ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ४.९ प्रतिशत, अन्य समूहको ४ं.७५ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३.१ प्रतिशत, जीवन बीमा समूहको १.७२ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.४४ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३.५५ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्