बिहिबार एक लघुवित्तको २५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आज मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ३ लाख ४० हजार ८७४ दशमलव ३५७५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।