झिनो सुधार भएको शेयर बजारमा अपर तामाकोशी सहित यी कम्पनीको भयो सवार्धिक कारोबार

काठमाडौं । साताको पहिलो शेयर कारोबार दिन शेयर बजार झिनो अकंले सुधार आएको छ । अघिल्लो साता झिनो अकंले बढेको शेयर बजारमा यो साताको पहिलो दिन दिन पनि झिनो सुधार देखिएको हो ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अकंले बढेर २०११.३९ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९३ अकंले बढेर २००९.४६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३२ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सुधार देखिदा आज अपर तामाकोशी हाइड्रोपावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर आज ६ करोड ४ लाख ६६ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, आइतबार हिमालयन डिस्टलरीको ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ, अरुण काबेली पावरको ४ करोड ६५ लाख ४७ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ४ करोड ५६ लाख ३० हजार रुपैयाँ र नेपाल टेलिकमको ४ करोड ४६ लाख ४ हजार रुपैयाँको कारोबार भएको छ ।
