तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति कित्ता बिक्री भयो सेयर ? « Arthapath.com
२५ असार २०८२, बुधबार

तीन कम्पनीमा झुम्मिए लगानीकर्ता, कसको कति कित्ता बिक्री भयो सेयर ?



काठमाडौं । बुधवार तीन कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । आज सबैभन्दा धेरै राधी विद्युत कम्पनीको ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । आज कम्पनीको ७ लाख २७ हजार १५९ कित्ता खरिदबिक्री भएको छ । आज कम्पनीको ८४९.८० रुपैयाँ कायम भएको छ ।

यस्तै, सानिमा माइ हाइड्रोपावरको ५९ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको ९ लाख ७८ हजार ५१२ कित्ता सेयर किनबेच भएको छ । आज कम्पनीको सेयर मूल्य भने ६१५.१० रुपैयाँ छ ।

यता, बुटवल पावरको पनि ५८ करोड ४८ लाख ४१ हजार रुपैयाँ बराबरको ७ लाख ८७ हजार ९७७ कित्ता सेयर किनबेच भएको छ । आज कम्पनीको सेयर भाउ ७६२.१० रुपैयाँ छ ।

आज युनियभर्सल ४७ करोड ८५ लाख, चिलिमे हाइड्रोपावरको ४७ करोड ५२ लाख, ङादी ग्रुपको ३८ करोड ९२ लाख, सीनर्जी पावरको ३२ करोड ९० लाख र अरुण काबेलीको ३१ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आज कुल ९ अर्ब ९० करोड ७० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।


प्रतिक्रिया दिनुहोस्