आर्थिक वर्ष २०७९।८० को पहिलो कारोबारको दिन यी लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.९३ अकंले बढेर २०११.३९ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से झिनो अकंले बढ्दा कारोबार १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८२ रुपैयाँमा खुम्चिएको छ ।
आइतबार राधी विद्युत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ५.४८ प्रतिशतले शेयर बढेको हो । साथै, प्रभु बैंकको ४.७३ प्रतिशत, नयाँ सारथी लघुवित्तको ४.४३ प्रतिशत, कुमारी बैंकको ४.१९ प्रतिशत, र जनउत्थान सामुदायिक लघुवित्तको ३.९४ प्रतिशत शेयर बढेको हो ।

आज प्रभु सेलेक्ट फण्डको शेयरमा नकारात्मक सर्किट लागेको छ । साथै, सामुदायिक लघुवित्तको ७.५० प्रतिशत, नबिल ब्यालेचड् फण्ड ३ को ५.२० प्रतिशत, मिथिला लघुवित्तको ४.५४ प्रतिशत र छिमेक लघुवित्तको ४.४६ प्रतिशतले शेयर घटेको छ ।
