नेप्सेमा बरुण हाइड्रोपावरकोे शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ? « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

नेप्सेमा बरुण हाइड्रोपावरकोे शेयरमूल्य समायोजन, कति छ नयाँ मूल्य ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बरुण हाइड्रोपावर कम्पनीकोे शेयरमूल्य समायोजन भएको छ । आइतबार नेप्सेले कम्पनीको सत प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो ।

समायोजन पछिको कम्पनीको प्रतिकित्ता शेयरमूल्य २७१ दशमलव ५० कायम भएको छ । सोही मूल्यलाई आधार मानेर सोमवार कम्पनीको शेयर कारोबार खुल्नेछ ।

आइतवारको अन्तिम शेयर मूल्य ४४३ को आधारमा शेयर मूल्य समायोजन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्