नेप्सेमा एक कम्पनीको १९ प्रतिशत बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले १९ प्रतिशत बोनस शेयर बापतको ४ लाख ८४ हजार ४१२ दशमलव ६० कित्ता बोनस शेयर सूचीकृत भएको हो । कम्पनीले वैशाख १० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।