दोहोरो अकंले बढेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

दोहोरो अकंले बढेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो शेयर बजारमा सुधार आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर बजारमा रहेका समस्या समाधान गर्ने आशाले शेयर बजारमा सुधार आइरहेको छ ।

मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अकंले बढेर २०४५.६३ बिन्दुमा बन्द भएको छ । सोमबार नेप्से १८.०३ अंकले बढेर २०२९.४३ बिन्दुमा पुगेको थियो ।

मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको कारोबार भएको छ । सोमबार ३१ लाख ४२ हजार ४०२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ९५९ २११ रुपैयाको कारोवार भएको थियो ।

नेप्से आज दोहोरो अंकले बढ्दा शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १५ करोड ९७ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, एभरेष्ट बैंकको १० करोड ५ लाख २६ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ८ करोड ४८ लाख ३६ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ६ करोड ८८ लाख रुपैयाँ र अरुण काबेली पावरको ५ करोड ९४ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्