झिनो अकंले बढेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको चौथो दिन पनि शेयर बजारमा सामान्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति शुक्रबार ल्याउने तयारी गरेसँगै लगानीकर्ताका माग सम्बोधन हुने विश्वासले शेयर बजारमा सुधार देखा परेको हो ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८९ अकंले बढेर २०५०.५९ बिन्दुमा बन्द भएको छ । मंगबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अकंले बढेर २०४५.६३ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको कारोबार भएकोछ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेमा सामान्य सुधार आउदाँ शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १६ करोड ४२ लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ३१ लाख ३६ हजार रुपैयाँ, आइसिएफसि फाइनान्सको ५ करोड ३१ लाख २ हजार रुपैयाँ, गोर्खास फाइनान्सको ५ करोड २२ लाख २९ हजार रुपैयाँ र नेपाल रिइन्स्योरेन्सको ५ करोड २ लाख २० हजार रुपैयाँको कारोबार भएको छ ।
