सामान्य अकंले ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

सामान्य अकंले ओरालो लागेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । मौद्रिक नितीको मुख मै शेयर बजारमा ओरालो लागेको छ । साताको पाँचौ कारोबार दिन शेयर बजारमा केही सामान्य अकंले घटेको देखिएको छ । शेयर दिन यता निरन्तर झिनो सुधार देखिएको शेयर बजारमा आज भने सामान्य ओरालो लागेको छ ।

बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८७ अकंले घटेर २९४४.७२ अकंले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.८९ अकंले बढेर २०५०.५९ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजार नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१५ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लाग्दा शिवम् सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ८० लाख १ हजार रुपैयाँ, एनआईसी एशिया बैंकको ११ करोड २२ लाख ६२ हजार रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको ६ करोड २८ लाख २४ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ६ करोड २ लाख ४९ हजार रुपैयाँ र नेपाल एसबिआई बैंकको ४ करोड १२ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्