बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

बिहिबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए



काठमाडौं । साताको पाँचौ कारोबारको दिन शेयर बजार झिनो अकंले ओरालो लागेको छ । बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.८७ अकंले घटेर २९४४.७२ अकंले घटेको हो ।

आज पूँजी बजार नेप्सेमा सूचीकृत २२५ कम्पनीको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच भएको छ । नेप्से सामान्य अकंले ओरालो लाग्दा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँको कारोबार भएको हो ।

नेप्से झिनो अकंले ओरालो लाग्दा सेन्ट्रल फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ३.१६ प्रतिशतले बढेको हो । साथै, जनउत्थान सामुदायिक लघुवित्तको २.७४ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबञ्चरको २.७२ प्रतिशत र नेशनल माइक्रोफाइनान्स लघुवित्तका २.५७ प्रतिशतले बढेको छ ।

बिहिबार सर्वाधिक गुमाउने कम्पनीमा आइसिएफसि फाइनान्स डिबेञ्चरको ६.७१ प्रतिशतले घटेको छ । साथै, किसान लघुवित्तको ५.३५ प्रतिशत, साधना लघुवित्तको ४.४५ प्रतिशत, सामुदायिक लघुवित्तको ३.८३ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३.७२ प्रतिशतले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्