एशियन लाइफ इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को नाफाबाट शेयरधनीहरुलाई १४ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितिबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् ।
