साताको सुरु मै शेयर बजारमा सुधारको चिन्ह, साढे २ अर्बको कारोबार हुदाँ १२ उपसूचक हरियाली « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

साताको सुरु मै शेयर बजारमा सुधारको चिन्ह, साढे २ अर्बको कारोबार हुदाँ १२ उपसूचक हरियाली



काठमाडौं । अघिल्लो साताको अन्तिम कारोबारको दिन ओरालो लागेको बन्द भएको शेयर बजारमा यो साताको पहिलो कारोबारको दिन भने सुधार देखिएको छ । शेयर बजारमा अघिल्लो साताका खासै सुधार नदेखिए पनि यो साताको सुरुवात मै शुभ चिन्ह देखा परेको छ । यो साताको पहिलो कारोबारमा शेयर बजार नेप्से बढे पनि कारोबार भने खासै सुधार आएको छैन ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२७ अकंले बढेर २१२३.८२ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.८५ अकंले घटेर २११३.३० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ६४ लाख १६ हजार ६२९ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४७ रुपैयाँको कारोबार भएको थियो ।

आज १२ उपसूचक भने हरियाली भएका छन् । आइतबार बैंकिङ समूहको ०.०२ प्रतिशत, ब्यापार समूहको १.७५ प्रतिशत, होटल तथा पर्यटन समूहको २.१६ प्रतिशत, विकास बैंक समूहको १.३८ प्रतिशत, हाइड्रोपावर समूहको १.०३ प्रतिशत, फाइनान्स समूहको १.८ प्रतिशत, निर्जीवन बीमा सूहको ०.०१ प्रतिशत, कम्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको ०.०५ प्रतिशत, अन्य समूहको १.४३ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.५८ प्रतिशत, म्युचुअल फण्ड समूहको ०.०२ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.३८ प्रतिशतले शेयर मुल्य बढेको हो । आज जीवन बीमा समूहको शेयर मूल्य भने ०.०५ प्रतिशत


प्रतिक्रिया दिनुहोस्