शेयर बजारमा झिनो अकंले घट्दा कारोबार १ अर्ब ४० करोडमा खुम्चियो, ७ उपसूचक हरियाली « Arthapath.com
१ भाद्र २०७९, बुधबार

शेयर बजारमा झिनो अकंले घट्दा कारोबार १ अर्ब ४० करोडमा खुम्चियो, ७ उपसूचक हरियाली



काठमाडौं । शेयर बजारमा केहि साताको यता खासै सुधार आउन सकेको छैन । यो साताको दोस्रो कारोबारको दिन उचालिएको शेयर बजार पहिलो र तेस्रो कारोबारको दिने भने राताम्य भएको थियो । आज पनि शेयर बजार झिनो अकंले घटेको हो ।

शेयर बजार झिनो अकंले ओरालो लागे पनि कारोबार भने खस्किएको छ । केहि साताको शेयर बजारको निरन्तर गिरावटले लगानीकर्ता त्रसित भएका छ । लगानीकर्तालाई अझै लगानी गर्ने सक्ने बातावरण सिर्जना भइ सकेको अवस्था छैन ।

साताको चौथो कारोबारको दिने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३६ प्रतिशतले घटेर २०४०.७० बिन्दुमा बन्द भएको छ । साताको तेस्रो कारोबारको दिने भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.८३ अकंले घटेर २०४१.०६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५७ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से झिनो अकंले ओरालो लाग्दा ७ उपसूचकमा हरियाली छाएको छ । आज विकास बैंक समूहको ०.६१ प्रतिशत, हाइड्रोपावर समूहको ०.६८ प्रतिशत, फाइनान्स समूहको ०४४ प्रतिशत, निर्जीवन बीमा समूहको ०.४१ प्रतिशत, माइक्रो फाइनान्स समूहको ०.०७ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको हो ।


प्रतिक्रिया दिनुहोस्