शुभ लक्ष्मी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

शुभ लक्ष्मी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । लक्ष्मी क्यापिटलले बिक्री खुला गरेको खुलामुखी म्युचुअल फन्डमा आवेदन दिने आज (भदौ २ गते) अन्तिम मौका रहेको छ । क्यापिटलले साउन १९ गतेदेखि ‘शुभ लक्ष्मी कोष’ को कुल ५ करोड इकाई निष्कासन गरेको हो ।

जसमध्ये ७५ लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशतले विज पुँजीवापत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई बिक्री खुला गरिएको योजना व्यवस्थापक रहेको छ ।

प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्