मेरो सेयर तथा सी–आस्वा आज साँझ ५:३० बजेदेखि एक दिनका लागि नचल्ने
काठमाडौं । सीडीएस एन्ड क्लियरिङको मेरो सेयर, सी–आस्वालगायत सम्पूर्ण सेवा अधिकतम एक दिनका लागि बन्द हुने भएको छ ।
आज (भदौं २ गते) साँझ ५:३० बजेदेखि कम्तीमा एक दिनसम्म सम्पूर्ण सेवा अवरुद्ध हुने सीडीएसीले जनाएको छ । सिंहदरवारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा अवरुद्ध हुने भएका हुन ।



















