चार कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको पाँचौ कारोबारको दिने शेयर बजारमा सुधार आएको छ । आज साताको पाँचौ दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.७२ प्रतिशतले बढेर २०६८.४२ बिन्दुमा बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको ५१ लाख १ हजार २९० कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजार ५६ रुपैयाँको कारोबार भएको हो ।
नेप्से सुधार आएसँगै ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । आज मन्दीकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो, श्वेगंगा हाइड्रोपावर, अपर हेवाखोला हाइड्रोपावरमा सर्किट लागेको छ । साथै, हिमालयन हाइड्रोपावरको ८.९३ प्रतिशतले बढेको हो ।



















