नेप्सेमा निराशा कायमै, यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
६ भाद्र २०७९, सोमबार

नेप्सेमा निराशा कायमै, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको दोस्रो कारोबारको दिन समेत शेयर बजारमा झिनो गिरावट आएको छ । पहिलो कोरोबार दिन समेत सामान्य घटेको शेयर बजार आज पनि सोहि बराबरको अकंले स्थान पाएको देखिएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.७२ अकंले घटेर २०५९.५१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्से सूचीकृत २१८ कम्पनीको ५२ लाख ४८ हजार ९५८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १ करोड ५५ लाख ८७ हजार ७७६ रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजार ओरालो लागि रहदाँ आज हिमाल दोलाखा हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २८ करोड १८ लाख ७१ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, रिडी पावरको ८ करोड ५० लाख ३५ हजार रुपैयाँ, प्राइम कर्मिसियल बैंकको ८४ करोड, शिवम सिमेन्टको ५ करोड ५३ लाख २२ हजार रुपैयाँ र अपी पावरको ५ करोड ५२ लाख ०७ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्