सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
६ भाद्र २०७९, सोमबार

सोमबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.७२ अकंले घटेर २०५९.५१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्से सूचीकृत २१८ कम्पनीको ५२ लाख ४८ हजार ९५८ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १ करोड ५५ लाख ८७ हजार ७७६ रुपैयाँको कारोबार भएको थियो ।

आज सर्वाधिक गुमाउनेमा एनआइबिएल समृद्धि फण्ड २ रहेको छ । कम्पनीको शेयर ६.७५ प्रतिशतले घटेको हो । दोर्दी खोला जलविद्युतको ५.२४ प्रतिशत, श्वेगंगा हाइड्रोपावरको ४.१५ प्रतिशत र तारागाउँ रिजेन्सिको ३.८९ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्