नेप्सेमा झिनो सुधार, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । साताको तेस्रो दिन समेत शेयर बजार झिनो अकंले सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ७.३८ अकंले घटेर २०५३.१६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७२ करोड ६२ लाख ८७ हजार ४२९ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से झिनो अकंले सुधार आउँदा हिमाल दोलाखा हाइड्रोपावरको शेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज १४ करोड २१ लाख ८९ हजार रुपैयाँको कारोबार भएकोह ो ।
साथै, रिडी पावरको ७ करोड ६५ लाख ९७ हजार रुपैयाँ, अपी पावरको ५ करोड ४५ लाख १० हजार, शिवम् सिमेन्टका ४ करोड ३७ लाख ५४ हजार र एनआइसी एशिया लघुवित्तको संस्थापक शेयरको ४ करोड २७ लाख १५ हजार रुपैयाँको कारोबार भएको हो ।
