तीन कम्पनीको शेयरमा सर्किट, मंगलबार यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
७ भाद्र २०७९, मंगलवार

तीन कम्पनीको शेयरमा सर्किट, मंगलबार यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । साताको तेस्रो दिन समेत शेयर बजार झिनो अकंले सुधार आएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) १.८१ अकंले बढेर २०५४.९५ बिन्दुमा बन्द भएको हो ।

आज पूँजी बजारमा नेप्से सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा झिनो सुधार आउँदा १ अर्ब ३३ करोड ३५ लाख ६० हजार ८५७ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज रुरु जलविद्युत, अपर हेवाखोला हाइड्रोपावर र मन्दीकीनि हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । साथै, सानिमा लार्ज क्याप फण्डको ३.२९ प्रतिशत र हिमालयन बैंकको ३.१६ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्