नेप्से १६.९३ अकंले घट्यो, कारोबार १ अर्ब २९ करोडमा खुम्चिदा १२ उपसूचकमा पहिरो

काठमाडौं । यो साता पनि शेयर बजारमा सुधार तिर लम्किन सकेको छैन । साताका ४ कारोबारको दिन सामान्य अकंले घट्ने बढ्ने भएको शेयर बजार अन्तिम दुई कारोबारको दिन भने बढी अकंले घट्न पुगेको हो ।
आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेप निरन्तर ओरालो लागेको हुदाँ शेयर बजार समेत प्रभावित भएको विज्ञ बताउछन् । शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था छ । कारोबार निरन्तर खुम्चिदैं गइरहदाँ उपसूचकमा समेत पहिरो गएको छ । शेयर बजारमा उपसूचकमा निरन्तर राताम्य छाएको छ । शेयर बजारको यात्रा अन्यौल सिर्जना भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३० अकंले घटेर २०३९.५४ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्सेमा पूँजी बजारमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७१ करोड ७४ लाख ६९ हजार ६७० रुपैयाँको कारोबार भएको हो ।
आज १२ वटा उपसूचक ओरालो लागेका छन् । शुक्रबार बैंकिङ समूहको ०.७१ प्रतिशत, ब्यापा समूहको १.८९ प्रतितश, होटल तथा पर्यटन समूहको ०.१५ प्रतिशत, विकास बैंक समूहको १.२९ प्रतिशत, हाइड्रोपावर समूहको १.६८ प्रतिशत, फाननान्स समूहको १.८७ प्रतिशतले शेयर मूल्य घटेको हो ।
