नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित, अर्का सभा कहिले ? « Arthapath.com
१२ भाद्र २०७९, आईतवार

नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित, अर्का सभा कहिले ?



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको विशेष साधारण सभा स्थगित भएको छ । भदौ १० गतेका लागि बोलाएको कम्पनीको सभा गणपुरकसँग नपुग्दा स्थगित भएको हो ।

अब भने भदौ १० गते नै बसेको संचालक समितिको बैठकले स्थगित साधारण सभा भदौ १७ गते शुक्रबार डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा दिउँसो ११ बजे बस्ने निर्णय गरेको छ । यस अघि साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले सो विशेष साधारण सभा भदौ १० गते बालुवाटार डेलिस ओपोरो रेष्ट्रो बिहान ११ बजे बस्ने गरी बोलाएको थियो ।

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने छ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी वृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, भदौं १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्