अरुण काबेली पावरले पायो विद्युत नियमन आयोगबाट १००% हकप्रद सेयर निष्कासन अनुमति

काठमाडौं । अरुण काबेली पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । विद्युत नियमन आयोगले अरुण काबेली पावर कम्पनीलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्व स्वीकृति दिएको हो ।
आयोगले अरुणलाई १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न स्वीकृति छ । कम्पनीले १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अयोगसँग स्वीकृति मागेको थियो ।
कम्पननीले नेपाल धितोपत्र बोर्डलाई आवेदन दिन पर्नेछ । बोर्डले अनुमति दिएपछि मात्र हकप्रद जारी हुनेछ ।
