शेयर बजारमा पहिरो, यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिने शेयर बजारमा पहिरो गएको छ । गत साता निरन्तर ओरालो लागेको शेयर बजार यो साताको पहिलो दिन समेत निरन्तता पाएको हो ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९३ अकंले घटेर २०२२.६२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो साताको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेमा भारी गिरावट आएर कारोकार २ अर्ब माथि जाँदा अरुण काबेली पावरको शेयर सर्वाधिक किनबेच भएको छ । कम्पनीको आज १० करोड ३३ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको हो ।
साथै, शिवम सिमेन्टको ७ करोड १५ लाख ४१ हजार रुपैयाँ, अपी पावरको ६ करोड २२ लाख ४६ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ६ करोड २० लाख ५३ हजार रुपैयाँ र रिडी हाइड्रोपावरको ५ करोड ९४ लाख २९ हजार रुपैयाँको कारोबार भएको हो ।
