नेप्सेमा झिनो सुधार, करिब साढे १ अर्बमा कारोबार खुम्चिदा ९ उपसूचकमा हरियाली

काठमाडौं । साताको दोस्रो कारोबार दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । शेयर बजार केही दिन यता भारी गिरावट हुदै आएकोमा आज भने लगानीकर्ताहरुलाई झिनो आशा दिलाएको छ । शेयर बजार केही साता यता निरन्तर खुम्चिदा शेयर बजारको याता बारे लगानीकर्ता अन्यौल रहेका थिए । नेप्से घटे सँगै कारोबार समेत खुम्चि रहेको छ ।
सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको थियो ।
शेयर बजारमा सुधार आउँदा ९ उपसूचमकमा हरियाली छाएको छ । आज ब्यापार समूहको ०.८७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३४ प्रतिशत, विकास बै)क समूहको ०.७९ प्रतिशत, हाइड्रोपावर समूहको ०.३ प्रतिशत, फाइनान्स समूहको १.८९ प्रतिशत र निर्जीवन बीमा समूहको ०.०९ प्रतिशतले शेयर मूल्य बढेको हो ।
