तपाईको खातामा आयो त ९.५ प्रतिशत बोनस सेयर ? « Arthapath.com
२४ भाद्र २०७९, शुक्रबार

तपाईको खातामा आयो त ९.५ प्रतिशत बोनस सेयर ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।

कम्पनीले गत असार २९ गते सम्पन्न १७औं वार्षिक साधारण सभाबाट पारित भएको ९.५ प्रतिशत बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

गत असार १४ गतेसम्म सेयर अभौतिकीकरण गराउनु भएका सेयरधनीको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको र त्यसपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको हकमा भने क्रमशः जम्मा हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्