निरन्तर सुस्ताउँदै सेयर बजार: कारोबार खुम्चिदैं ७४ करोड पुग्यो, बोर्ड कहिले हुने गम्भिर ?
काठमाडौं । शेयर बजारमा अझै सुधार आउन सकेको छैन । शेयर बजारको यात्रा निरन्तर ओरालो तिर लम्किदैं गर्दा लगानीकर्ताको निराशा पनि बढ्दै गइरहेको छ । कारोबार रकम पनि निरन्तर खुम्चिदैं १ अर्ब पुग्न पनि धौधौ भइरहेको अवस्था छ । आज त कारोेबार रकम ७४ करोड रुपैयाँमा सिमित बनेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुुसार बैंक तथा वित्तीय संस्थाले लाभांश दिने क्षमता बलियो बनाएको छ । अब बैंक तथा वित्तीय संस्थाहरुले लाभांश प्रस्ताव गर्ने समेत आउँदै गर्दा शेयर बजारमा देखिएको नकारात्मक सूचकले लगानीकर्ता अझै के कुरेर बसेका छन् भन्ने प्रश्न खडा गरेको छ । ब्याजदर महँगो, ब्याजदरमा गिरावट अनि नियामकबाट नीतिगत सुधारको कमिले शेयर बजारमा ओरालो लागि रहेको आंकलन केहि विज्ञहरुले गरेका छन् । शेयर बजार निरन्तर दशैको मुख निरै ओरालो लागि रहदाँ लगानीकर्ता निराश त भएकै छन् दशैका लागि पैसाको जोहोका लागि समेत चिन्तित बनेका छन् । शेयर बजारको लगानी न बच्नु सहि छ लगानीकर्ता सुधारको अपिक्षामा कुरेको कुरै भका छन् ।
लगानीकर्तालाई शेयर बजारमा लगानी गर्ने उपयुक्त बातावरण बनेको देखिएपनि लगानीकर्ता लगानी गर्ने किन डराइ रहेका अबस्था छ ? संघ तथा प्रदेशको चुनावमा पैसामा हुने चलखेलले पनि शेयर बजारमा लगानीकर्ता डराइ रहेको अवस्था हो कि भन्ने प्रश्न समेत उठेको छ । अघिल्ला चुनाव भन्दा यो चुनाव निकै महन्गो हुने समेत आकंलन गरेको बेला देशको अर्थतन्त्रको मुल जग शेयर बजारमा भएको गिरावटले देशमा आर्थिब बन्दी देखा परेको केहि विज्ञ बताउछन् ।
साथै, शेयर बजार सुधारका लागि नियामक नियाक धितोपत्र बोर्ड पनि मुख दर्शक बनेको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल अध्यक्ष भएको करिब ६ महिना सकिदा समेत शेयर बजार सुधारका लागि कुनै पनि कदम चालेको पाइदैन बरु चुनावका लागि स्वार्थ समूहको चन्गोलमा परेर नयाँ स्टक खोल्ने तिर अग्रसर भएको छ । नेप्से र बोर्डको समन्वयको अभावले समेत शेयर बजारको दिसा ओरालो लागेको आंकलन छ ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११.४७ अकंले घटेर १९२६.२८ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.१३ अकंले घटेर १९३७.७४ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको २५ लाख २४ हजार २२४ कित्ता शेयर किनबेच हुदाँ ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँको कारोबार भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ७६२ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४ करोड ४४ लाख ४० हजार ६४६ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से ओरालो लाग्दा १२ उपसूचकमा राताम्य भएको छ । आज अन्य समूहको शेयर मात्र ०.२९ प्रतिशतले बढेको हो । साथै आज सर्वाधिक शेयर मूल्य घट्ने कम्पनीमा विकास बैंक समूहको १.५८ प्रतिशत र हाइड्रोपावर समूहको १.५५ प्रतिशतले रहेको छ ।

त्यस्तै, आज मैलुङ खोला जलविद्युतका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको आज ४.५६ प्रतिशतले शेयर बढेको हो ।

साथै, आज सर्वाधिक गुमाउने कम्पनीमा सानिमा लार्ज क्याप फण्ड रहेको छ । फण्डको आज ५.३७ प्रतिशतले घटेको हो ।



















