शेयर बजारमा सुधार आउँदा लगानीकर्तामा भने छैन उत्साह, कति टिक्ला आजको हरियाली !
काठमाडौं । मंगलबार आइपुग्दा शेयर बजारमा हरियाली देख्न पाइएको छ । केही साता यता निरन्तर ओरालो लागेको शेयर बजारमा आज आएर भने दोहोरो अकंको सुधार देखिएको छ । नेप्से बढे पनि लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था छ । कारोबार रकम एक अर्ब पनि पुग्न सकि रहेको छैन । नेप्सेमा सुधार आएपनि उक्त सुधार खै कति दिन रहला र भन्ने डरले लगानीकर्ता अझै उत्साहित भएको पाइदैन । यस अघि शेयर बजार एक्कासीदा त्यसयता निरन्तर ओरालो लागेको कुरा लगानीकर्ता अझै बर्सेका छैनन् ।
योग्यता पुगेका सबै कम्पनीलाई ब्रोकर लाइसेन्स दिने गरी नेपाल धितोपत्र बोर्डको लामो प्रयास पछि सफल भएको छ । जसमा हरेक वर्षको साउन महिनामा ब्रोकर लाइसेन्स खुलाउने व्यहोरा उल्लेख भए पनि ३ वर्षपछि वितरण गर्ने भन्ने खालको विवादास्पद बुँदासमेत घुसाइएको छ । धितोपत्र बोर्डले पठाएको प्रस्तावलाई मन्त्रिपरिषद् विधायन समितिले उल्टोपाल्टो पारेर व्याख्या गरेर नियमावली संशोधन गरेपछि यतिबेला धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र अर्थमन्त्री जनार्दन शर्मा पनि चकित परेका हुन ।
नियामक निकाय शेयर बजारमा देखिएका नकारात्मक सूचक तिर ध्यान नदिई नयाँ लाइसेन्समा ब्यस्त भएको पाइएको छ । शेयर बजार सुधारको आशामा बसेका लगानीकर्ता निराश मै सिमित छन् । दशै तिहारको मुखमा पैसाको जोहो गर्ने बेला लगानीकर्ताको लगानी डुब्दा निराश बन्नु स्वाभाविक नै हो । बजारमा नेप्से र धितोपत्र बोर्डबीचको आन्तरिक विवाद तथा समन्वयको कमिले पनि शेयर बजार सुधार तिर जान नसकेको आंकलन गर्ने थालिएको छ ।
शेयर बजार अब भने सुधार तिर जाने केही विज्ञहरु बताउछन् । बैंक, लघुवित्त, फाइनान्स, बीमा कम्पनी तथा फण्डहरुले गत आर्थिकको मुनाफा राम्रो नै आर्जन गरेको हुदाँ लाभांश दिन क्षमता बलियो रहेको र अब लगानीकर्ता लगानी गर्ने अबस्था आएको विज्ञहरु बताउछन् । शेयर बजारमा पनि आसै राताम्य नहुने बताउछन् । तर केही विज्ञहरु भने चुनाव नजिकिदै गरेको हुदाँ चुनाव पछि नयाँ सरकार नबनेसम्म शेयर बजार यी दिसामा लम्कि रहने बताउछन् ।
शेयर बजारम सुधार आएसँगै आज १३ वटै उपसूचकमा हरियाली छाएको छ । आज सर्वाधिक बढ्ने उपसूचकमा मनु एण्ड प्रो समूह १.८७ प्रतिशतले बढेको छ । साथै, विकास बैंक समूह र इन्भेष्टमेन्ट समूहको १.५७ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यस्तै, आज बोट्लस नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, मैलुङखोला जलविद्युतको ७.७६ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको ६.६७ प्रतिशतले बढेको हो ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा नेपाल बैंक डिबेञ्चर रहेको छ । जसका शेयर ९.५९ प्रतिशतले घटेको हो ।



















