उचालियो शेयर बजार, माफियाको चलखेल कि लगानीकर्ताको उत्साह ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

उचालियो शेयर बजार, माफियाको चलखेल कि लगानीकर्ताको उत्साह ?



काठमाडौं । साताको चौथो कारोबारमा आएर शेयर बजार आकाशिएको छ । केही साता देखि सुधार आउन नसकेको शेयर बजारमा आज उचालिदा लगानीकर्ता उत्साहित बनेका छन् । शेयर बजार हिजो २१ अकंले वृद्धि हुदाँ उक्त वृद्धि टिक्ला कि नटिक्ला भन्ने डरमा रहेका लगानीकर्ता आजको सुधारले खुसी भएका छन् ।

तर केही शेयर विज्ञ भने यो शेयर बजार उचालिनुमा माफियाहरुको चलखेल रहेको बताएछन् । दशै नजिकिदै गर्दा ठूला लगानीकर्ताहरुले आफ्नो शेयर बिगाउन यस्तो खेल खेलेको हुन सक्ने आकंलन गर्दछन् । शेयर बजारमा विज्ञहरुको अनेकौ बिचार भएपनि लगानीकर्तालाई यो लगानी गर्ने अबसर पनि पक्कै हो ।

आर्थिक वर्ष २०७७।०७८ मा अधिकांश बैंक तथा वित्तीय संस्थाहरुको लाभांश दिन क्षमता वृद्धि भएको त्यस्सैले पनि लगानीकर्ता अब शेयर बजारमा झुम्मिन सक्ने अवस्था आएको आंकलन गर्ने थालेको छ । शेयर बजारमा अरु दिन भन्दा कारोबार रकममा सुधार आएपनि उक्त रकम भने सन्तोषजनक भने देखिदैन । लगानीकर्ता अजै के कुरे बसेका छन् त्यो अन्यौलको अवस्था रहेको छ ।

नियामक निकायको कमजोर हेराइ, नेप्से र बोर्डबीच समन्वयको अभाव तथा संघ र प्रदेशको चुनावमा हुने पैसाको चलखेलले शेयर बजारमा लगानीकर्ता लगानी गर्ने अझै डराएको अवस्था रहेको एक विज्ञले बताए ।

बुधबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ४७.४४ अकंले बढेर १९८१.४८ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २१.३० अकंले बढेर १९३४.०४ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नैप्सेमा सूचीकृत २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नैप्सेमा सूचीकृत २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर किनबेच हुदाँ ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँको काराबोर भएको थियो ।

आज नेप्सेमा छलाङ आउँदा १३ वटै उपसूचकमा हरियाली छाएको छ । शेयर बजारमा आज सर्वाधिक फाइनान्स समूहको शेयर मूल्य बढेको छ । फाइनान्सको शेयर मूल्य ५.९३ प्रतिशतले बढेको छ । साथै, ब्यापार समूहको ५.७५ प्रतिशत, विकास बैंक समूहको ४.६२ प्रतिशत र हाइड्रोपावरको ३.६२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

त्यस्तै, आज ग्रिन डेभलपेमन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, लिबेट्रि इर्नर्जि कम्पनीको .८.३२ प्रतिशत र यूनाइटेड मोदी हाइड्रोपावरको ७.८१ प्रतिशतले शेयर बढेको हो ।

साथै, एनआइसि एशिया फ्लेक्स क्याप फण्डको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, एनआइबिएल प्रगति फण्डको ८.९५ प्रतिशत, र सनराइज फस्र्ट म्युचुअल फण्डको ७.६७ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्