एनबीएको ब्याजदर निर्णयले शेयर बजारमा पहिरो, लगानीकर्ताहरु त्रसित « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

एनबीएको ब्याजदर निर्णयले शेयर बजारमा पहिरो, लगानीकर्ताहरु त्रसित



काठमाडौं । साताको पाँचौ कारोबारमा आएर शेयर बजारमा पहिरो गएको छ । शेयर बजार चौथो कारोबारको दिन आकाशिएको भएपनि आज फेरी राताम्य भएको छ ।

बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै सेयर बजारमा बिहीबार पहिरो गएको शेयर विज्ञ भरत राना भाटले बताए । विगत ६ महिनादेखि ब्याजदर स्थिर राख्दै आएका वाणिज्य बैंकहरुबीचको भद्र सहमति भंग भएको हो । नेपाल बैंकर्स एसोसिएसन (एनबीएल)ले बैंकहरुलाई राष्ट्र बैंकको नियमभित्र रहेर आफूखुसी ब्याजदर बढाउन वा घटाउन सक्ने छुट दिएको छ ।

उक्त निर्णय पछि लगानीकर्ता ब्याजदर बढ्ने डरले त्रसित भएका छन् । त्यस्तै पनि नेपाल धितोपत्र बोर्डको नितिगत सुधारको कमि र बोर्ड र नेप्सेको समन्वयको अभावले लगानी गर्ने डराइ रहेका लगानीकर्तालाई एनबिएको उक्त निर्णयले लगानीकर्ता त्रसित बनेको छन् ।

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा लाभांश दिने क्षमता बलियो बनाएको र अब लाभांश सिजन सुरु हुन भएकाले शेयर बजार सुधार हुदै जाने आशामा बसेका लगानीकर्ताहरुले आज भने निराशा पैदा गरेको छ । नजिकिएको दशैमा पैसाको जोहो गर्नु पर्ने बेला शेयर बजारमा गएको पहिराले लगानीकर्तालाइ पिरोलेको छ ।

बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ५७ अकंले घटेर १९२४.४८ बिन्दु बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ४७.४४ अकंले बढेर १९८१.४८ बिन्दुमा बन्द भएको थियो ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १२ करोड ५६ लाख ५५ हजा। ७८७ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लाग्दा १३ वटै उपसूचकमा राताम्य छाएको छ । आज फाइनान्स समूहको ५.२४ प्रतिशत, विकास बैंक समूहको ४.६५ प्रतिशत, हाइड्रोपावर समूहको ४.४६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

त्यस्तै, आज सिटिजज म्युचुअल फण्ड २ का इकाइधनीले सर्वाधिक कमाएका छन् । फण्डको आज ४.१२ प्रतिशत शेयर बढेको हो । साथै,मिर्मिर माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ३.८० प्रतिशतले बढेको हो ।

साथै, सर्वाधिक गुमाउनेमा आज एनआइसि एशिया फ्लछी क्याप फण्डका इकाइधनि रहेका छन् । फण्डको आज ८प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्