शेयर बजारमा पहिरो, लगानीकर्ताको निराशामा अझै कति हुदैँछ रजाईँ ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर बजारमा पहिरो, लगानीकर्ताको निराशामा अझै कति हुदैँछ रजाईँ ?



काठमाडौं । शेयर बजारको राताम्यले यो साता पनि निरन्तर पाएको छ । दशैको मुख नजिकै पैसाको जोहो गर्नु पर्ने बेला शेयर बजारमा गइरहेको पहिराले लगानीकर्ता निराश त छदैं छन् नियामक निकाय धितोपत्र बोर्ड तिर पनि प्रश्न उठाइ रहेका छन् ।

बिहीबार बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै शेयर बजार निरन्तर प्रभावित बनेको छ । सबै बैंक तथा वित्तीय संस्थाले असोज १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ सोही कारण पनि आज शेयर बजार सुधारिन आउन नसकेको शेयर विज्ञ भरत राना भाटले बताए ।उनले भने नयाँ एक्सेचञ्जका लागि नेपाल धितोपत्र बोर्डले आवेदन खुला गरेकाले पनि यसको थोरै प्रभाव पनि शेयर बजारमा परेको हुन सक्ने बताए । साथै, एक्सेचञ्ज थप्ने कुराले दिघ्रकालिन रुपमा सकारात्मक नै हुने बताए । लगानीकर्ता अन्यौल रहेको कारण पनि शेयर बजारमा सुधार आउन सकेको छैन ।

शेयर बजार निरन्तर ओरालो लाग्दा पनि कुनै पनि निकाय यसको सुधारका लागि प्रयास गरेको पाइदैन । उता बोर्ड नयाँ लाइसेन्सका ब्यस्त छ भने नेप्सेमा पनि सकारात्मक ढङले बोर्डसँग कुरा राख्न सक्दैन । लगानीकर्ता निराश हुदाँ उनीहरु माथि रजाइ भएको आंकलन गरीएको छ । नेपालमा बस्तु विनिमय बजार सञ्चालनको लागी कमोडिटी एक्सचेन्ज खुल्ने भएको छ । धितोपत्र बोर्डले २ कमोडिटी एक्सचेन्जसहित एक नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोल्न लागेको हो । नेपालमा हाल सेयर बजार सम्ंबन्धी कारोबार गर्ने एक मात्र निकाय रहेकोमा अव दुई ओटा संस्था हुने भएको छ । सेयर बजारसम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागी आवेदन माग गरेको हो । नयाँ स्टक एक्सचेञ्जका लागि आजैका मितिले ४५ दिनभित्र आवेदन दिन सकिने छ ।

बैंकहरुबीचको भद्र सहमतिको निर्णय पछि लगानीकर्ता ब्याजदर बढ्ने डरले त्रसित भएकाले बैंकहरुले प्रकाशित गरेका नयाँ ब्याजदरको प्रभाव समेत शेयर बवारमा पर्ने गएको हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षमा लाभांश दिने क्षमता बलियो बनाएको र अब लाभांश सिजन सुरु हुन भएकाले शेयर बजार सुधार हुदै जाने आशामा बसेका लगानीकर्ताहरुले आज भने निराशा पैदा गरेको छ ।

नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३३.९७ अकंले घटेर १८७६.४१ बिन्दुमा बन्द भएको छ । शुक्रबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १४.१० अकंले घटेर १९१०.३८ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीले २९ लाख १६ हजार २७१ कित्ता शेयर किनबेच हुदाँ ९० करोड ८१ लाख ८६ हजार ४८७ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से राताम्य हुदाँ १३ वटै उपसूचकमा समेत राताम्य भएको छ । आज सबै भन्दा बढी हाइड्रोपावरको ३.०९ प्रतिशत, ब्यापार समूहको ३.२४ प्रतिशत, फाइनान्स समूहको २.९३ प्रतिशतले शेयर मूल्य घटेको हो ।

त्यस्तै, आज सर्वाधिक कमाउनेमा ग्लोबल आइएमई समुन्नत स्चाम १ रहेकोछ । उसको शेयर ५.३५ प्रतिशतले बढेको छ । आज१६ कम्पनीको शेयर मात्र बढेको छ ।

त्यस्तै, आइतबार सर्वाधिक गुमाउने कम्पनीमा बलेफी हाइड्रोपावर रहेको छ । कम्पनीको आज ७.८५ प्रतिशतले शेयर बढेको हो । साथै, राप्ती हाइड्रोको ७.३० प्रतिशत र दोर्दी खोला जलविद्युतको ७.२३ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्