शेयर बजारमा सुधार, किन खुम्चियो कारोबार ? के कुरिरहेका छन् लगानीकर्ता ?
काठमाडौं । केही साता देखि निरन्तर पहिरो गइरहेको शेयर बजारमा आज भने सामान्य सुधार आएको छ । शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार लगानीकर्तामा भने आशा पलाएको छ । शेयर बजार लगानीकर्ताको लाभांश सिजन सुरु हुने भएकाले उत्साह पनि थपिने बेला आएको आंकलन गरेको छ ।
तर शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आउँदा समेत लगानीकर्ता डराइ रहेको अवस्था छ । शेयर बजारमा कारोबार निरन्तर खुम्चि रहेको छ । शेयर बजारमा आज त कारोबारमा भारी गिरावट आइ ७२ करोडमा खुम्चिन पुगेको छ । शेयर बजारमा लगानीकर्ताको लगानी गर्ने बातावरण रहेको भन्दैं बहुस चलेको बेला लगानीकर्ता भने अझै लगानी गर्ने तयार देखिदैन ।
गत साताको बिहीबार बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै शेयर बजार निरन्तर प्रभावित हुदैं आएको शेयर बजार आज दोहोरो अकंले बढेको भए पनि कारोबार भने खुम्चिएको छ । लाभांश सिजन सुरु भएको हुदाँ अब शेयर बजारमा खासै प्रभाव नदेखिने विज्ञहरुको आंकलन रहेको छ । बोनस खाने दाउ मै शेयर बजार बढेको देखिएको छ । तर लागनीकर्ता भने आसको ओठको आसो भोलि गएर बन्द हुने हो कि भन्ने चिन्ता रहेका छन् । केहि दिन अगाडि सुधार आउने शेयर बजार दोस्रो दिनमा भारी गिरावट आउँने गरेकोमा यो पटक पनि सोहि कुरा दोहोरिने आंकलन लगानीकर्ताको रहेको छ ।
लाभांश सिजनमा माफिया तथा ठूला लगानीकर्ताले शेयर बजार उचाल्न खोजेको समेत आंकलन गर्ने थालिएको छ । शेयर बजारमा साना लागनीकर्ताको लगानी खोस्ने ठूला लागनीकर्ताले शेयर बजारमा सुधार ल्याउने तथा ओरालो लैजाने काम गरेको हो ।
बुधबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ११.२२ अकंले बढेर १८४८.८२ बिन्दुमा बन्द भएको छ ।मंगलबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ३८.८१ अकंले घटेर १८३७.६० बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुदाँ ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै, आज समलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, समिट लघुवित्तको ५.७३ प्रतिशत, मैलुङ खोला जदविद्युतको ३.९० प्रतिशत र आरबिबि म्युचुअल फण्ड १ को ३.८४ प्रतिशतले बढेको छ ।

साथै, विन नेपाल लघुवित्तको ३.६३ प्रतिशतले शेयर घटेको हो । साथै, नबिल ब्यालेचड फण्ड २ को ३.४० प्रतिशत र राप्ती हाइड्रोको ३.१३ प्रतिशतले घटेको हो ।



















