ब्याजदरको वृद्धिले लगानीकर्ता त्रसित, लाभांश सिजनमा पनि ६५ करोडमा खुम्चियो कारोबार « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

ब्याजदरको वृद्धिले लगानीकर्ता त्रसित, लाभांश सिजनमा पनि ६५ करोडमा खुम्चियो कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन फेरी शेयर बजार ओरालो लागेको छ । बुधबार सुधार आएको शेयर बजारले फेरी ओरालो यात्रा तय रहेको छ । शेयर बजारमा ओरालो लागेसँगै हिजो उत्साहित भएका लगानीकर्ता फेरी निराश हुन थालेका छन् । शेयर बजारमा उतापचडाप कायमै रहदाँ शेयर बजार प्रति लगानीकर्ताको आक्रोस पनि बढ्दै गएको पाइन्छ ।

अहिले बजारमा बैंकहरुले वृद्धि गरहेको ब्याजदर प्रति सकारात्मक तथा नकारात्मक कुरा चलि रहेको बेला शेयर बजारमा त्यसको प्रभाव गरेको आंकलन गरीन थालेको छ । ब्याजदर वृद्धि गरेकोमा उद्योग वाणिज्य महासंघले बिरोध जनाउदैं यसे देशको अर्थतन्त्रलाई अझ संकट पैदा गर्ने बताएको छ । आज एक सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले ब्याजदर बढाउनु गतल रहेको यस बारे छिटै अर्का निर्णय लिन भनेपछि त्यसको असर पनि शेयर बजारमा पर्ने संकेत देखा परेको छ ।

शेयर बजारमा लागनीकर्ता निकै डराएको अवस्था रहेको छ । शेयर बजारमा भइरहेको यस्तो संकेतले लगानीकर्ता शेयर किनबेच गर्ने डराइ रहेको अवस्था छ ।आज भन्दा ४ महिना अगाडि १४ अर्ब भन्दा माथि जाने कारोबार आजभोलि लाभांश सिजनमा समेत ६५ करोडमा रुपैयाँमा सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश दिन क्षमता बलियो बनाएको छ । अब लाभांश सिजन समेत सुरु हुन गइरहेको छ । शेयर बजारमा निरन्तर गइरहेको पहिरोले भने लगानी कर्ता अझै लगानी गर्ने बतावरण मिलेनको अनुभव गरी रहेका छैन ।

शेयर बजारमा लगानीकर्ता त्रसित हुदाँ पनि नियामक निकाय धितोपत्र बोर्ड भने मुख दर्शक बनेको आंकलन गर्ने थालिएको छ । शेयर बजारमा निरन्तर गइरहेको ओरालो प्रति बोर्डले आसै चासो देखाएको छैन । यता नेप्सेले पनि बोर्डसँग समन्वय गर्ने तयार देखिदैन । दुबैंको मारमा लगानीकर्ता परेको देखिएको छ ।

गत साताको बिहीबार बैंकहरुबीच लामो समयदेखि ब्याजदर निर्धारणमा हुँदै आएको भद्र सहमति भंग भएसँगै शेयर बजार निरन्तर प्रभावित हुदैं आएको शेयर बजार हिजो सुधार आएर फेरी राताम्यको यात्रा तय गरेको छ ।

बिहिबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ९.८३ अकंले घटेर १८३८.९६ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) ११.२२ अकंले बढेर १८४८.८२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुदाँ ६५ करोड ५७ लाख ५ हजार १६९ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता शेयर किनबेच हुदाँ ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लाग्दा समलिङ पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर लक्ष्मी इक्वाटी फण्डको ४.४२ प्रतिशत, लक्ष्मी उन्नति कोषको ३.९० प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथको ३.८८ प्रतिशतले शेयर बढेको हो ।

त्यस्तै, आज प्रभु बैंक डिबेञ्चर र गरिमा डिबेञ्चरको शेयरमा नकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्