आज शेयर बजार बन्द
काठमाडौं । आज (असोज १० गते) शेयर बजार बन्द हुने भएको छ ।
आज बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएका कारण नेप्से बन्द हुने भएको हो । असोज ९ गते राताम्य भएर बन्द भएको शेयर बजार दशै सुरु भएसँगै कता तिर जाला भन्ने चासो बनेको छ ।
अब शेयर बजार मंगलबार अर्थात असोज ११ गते खुल्ने छ ।


















