दोहोरो अंकले बढेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

दोहोरो अंकले बढेको शेयर बजारमा यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको शेयर बजारमा दोस्रो दिनमा सार्वजनिक बिदाका कारण बन्द थियो भने तेस्रो दिन आएर सुधार देखिएको छ । शेयर बजारमा सुधार आएपनि लगानीकर्ताको उत्साह भने देखिएको छैन । लगानीकर्ता शेयर किनबेच गर्ने देखि लगानी गर्ने डराइर रहेको अवस्था छ ।

मंगलबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १५.९२ अकंले बढेर १८३१.०५ बिन्दुमा बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८१५.१३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २१ लाखन ७ हजार ७४२ कित्ता शेयर किनबेच हुदाँ ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा कारोबार खुम्चिएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता किनबेच हुदाँ १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेमा सुधार भएसँगै आज रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज २ करोड ८५ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, नबिल बैंकको २ करोड ६१ लाख ६८ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको २ करोड २६ लाख १९ हजार रुपैयाँ र नेष्डो समृृद्ध लघुवित्तको २ करोड १८ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्