लाभांश सिजनमा निराश लगानीकर्ता: नेप्से १५.९२ अकंले बढ्दा समेत कारोबार ६६ करोडमा खुम्चियो « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

लाभांश सिजनमा निराश लगानीकर्ता: नेप्से १५.९२ अकंले बढ्दा समेत कारोबार ६६ करोडमा खुम्चियो



काठमाडौं । आज शेयर बजारमा सुधार देखिएको छ । शेयर बजार सुधार आएको भए पनि कारोबार रकम भने खुम्चिदैं गएको छ । दशैंको मुख नजिकैं कारोबार रकम खुम्चिदा अझै लगानीकर्ता के कुरेर बसि रहेका छन् भन्ने प्रश्न खडा गरेको छ ।

शेयर बजारमा धेरै दिन पछि आज सुधार आउँदा लगानीकर्ता उत्साहित हुनपर्नेमा अझै माफियाहरुले दशैंको मुखमा खेलेको चलखेल त होइन भनेर लगानीकर्ता डराइ रहेको अवस्था छ । लाभांश सिजन सुरु भइरसकेको छ केही बीमा कम्पनी, म्युचुअल फण्ड र एक सिटिजन बैंकले लाभांश घोषणा समेत गरी सकेका छन् । लाभांश सिजनमा नै शेयर बजार माथि जान नसक्दा लगानीकर्ता अझै किन डराइ रहेको अवस्था छ भन्ने प्रश्न उठेको छ । लगानी गर्ने यो उपयुक्त मौका हुदाँ समेत लगानी गर्ने अझै डराउनुले शेयर बजारको यात्रा कहिले सहि ठाउँमा आउने हो भन्ने अन्यौल सिर्जना भएको छ ।

उद्योग वाणिज्य संघले ब्याजदर नियन्त्रण गर्न माग राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ । संघका अध्यक्ष दिनेश श्रेष्ठले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक ईश्वरी प्रसाद भट्टराई मार्फत गभर्नर महा प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । बजारमा भइरहेको ब्याजदरको चर्चाले पनि शेयर बजार प्रभावित बनेको र आज सुधार कति दिन टिक्ने होला भन्ने अन्यौल भएको विज्ञहरु बताउछन् ।

मंगलबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) १५.९२ अकंले बढेर १८३१.०५ बिन्दुमा बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) २३.८३ अकंले घटेर १८१५.१३ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २१ लाखन ७ हजार ७४२ कित्ता शेयर किनबेच हुदाँ ६६ करोड ३० लाख १३ हजार रुपैयाँमा कारोबार खुम्चिएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता किनबेच हुदाँ १ अर्ब ७ करोड २४ लाख ८० हजार ९७ रुपैयाँको कारोबार भएको थियो ।

आज शेयर बजारमा दोहोरो अकंको सुधार आएसँगै ११ उपसूचकमा हरियाली छाएको छ । आज होटल तथा पर्यटनको ०.८२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

त्यस्तै, आज सामुदायिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, अभियान लघुवित्तको ६.०७ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ६.०३ प्रतिशतले बढेको हो ।

मंगलबार गरिमा डिबेञ्चरको शेयरमा भने नकारात्मक सर्किट लागेको छ । साथै, एभरेष्ट बैंकको ५.८८ प्रतिशत, सामलिङ पावरको ४.६८ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्