मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने « Arthapath.com
२४ आश्विन २०७९, सोमबार

मल्टिपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौ। मल्टीपर्पस फाइनान्सले ३५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको गत असोज ३ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम ४५ करोड २० लाख रुपैयाँ चुक्ता पुँजीबाट १ः०.३५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ । यसको लागि कम्पनीले हकप्रद निष्कासनमा सहमति प्रदान गरिदिन नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको थियो ।

तर, राष्ट्र बैंकले कम्पनीको बार्षिक साधारण सभा अर्थात् विशेष सभाबाट हकप्रद सेयर जारी गर्ने प्रस्ताव स्वीकृत गराएपश्चात मात्र उल्लेखित हकप्रद सेयर जारी गर्नको लागि सहमति प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्