सेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकममा पनि बढोत्तरी
काठमाडौं । बुधवार सेयर बजार वृद्धि भएको छ । आज बजार दोहोरो अंकले बढेको हो ।
साताको चौंथो कारोबार दिन बजार ११.३२ अंकले वृद्धि भएको छ भने बजार परिसुचक १८६६.४८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
उक्त दिन ब्यापार समूह १३.८८ अंक र म्युचुअल फण्ड ०.२४ अंकले घटेको छ। यी बाहेकका सबै समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । अघिल्लो दिन ५५ करोड बढीको कारोबार भएको थियो । तर, आज कारोबार रकम वृद्धि भई ६९ करोड १७ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।
उक्त दिन नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज बैंकको २ करोड ४० लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिदी पावरको पनि २ करोड २ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।


















