आज नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

आज नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । आज नेशनल माइक्रकोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले भदौ २४ गते देखि ६२ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।

उक्त शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक आवेदकले आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

शेयर मूल्य न्यूनतम प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

आवेदककले कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौंमा पुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्