सेयर बजारमा सुधार : कारोबार रकम पनि वृद्धि, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सेयर बजारमा सुधार : कारोबार रकम पनि वृद्धि, दुई कम्पनीमा झुम्मिए लगानीकर्ता



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको छ । बिहीबार बजार ४.१५ अंकले वृद्धि भएको हो ।

आज बजार परिसुचक १८७०.६३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज फाइनान्स समूह २.३५ अंकले घटेको छ भने त्यसबाहेक अन्य समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकम पनि उकालो लागेको छ । आज ८२ करोड ९६ लाख ४६ हजार रुपैयाँ बराबरको २६ लाख ९८ हजार कित्ता बढी सेयर खरिदबिक्री भएको छ ।

आज दुई कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । आज नबिल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको हो । बैंकको आज ३ करोड ४० लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पनि ३ करोड २७ लाख २६ हजार रुपैयाँ बराबरको सेयर खरिदविक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्