नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कर्मचारी माग गरेको छ । बोर्डले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि २६ जना कर्मचारी मागेको हो ।
बोर्डले निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा आवेदन माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक देखि स्नाकोत्तरसम्मको माग गरेको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले कात्तिक १७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
साथै दोब्बर दस्तुर तिरेर थप एक साता यसमा आवेदन दिन सकिनेछ । अनलाइनमार्फत आवेदन दिन सकिने बोर्डले जनाएको छ ।
