अपर लोहोरे हाइड्रोपावरले २५ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा थप एक कम्पनीेले आइपीओ निष्कासनको अनुमति माग गरेको छ । असोज १३ गते अपर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले कुल २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्बसाधारण आइपीओ जारी गर्ने छ ।
कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई रहेको छ ।


















