धमाधम लाभांश घोषणा गर्दै कम्पनीहरु : हालसम्म ९ कम्पनीहरुले गरे, कुनको बोनस र नगद कति ? « Arthapath.com
१२ असार २०८३, शुक्रबार

धमाधम लाभांश घोषणा गर्दै कम्पनीहरु : हालसम्म ९ कम्पनीहरुले गरे, कुनको बोनस र नगद कति ?



काठमाडौं । करिब एक दर्जन कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७८/८९ को मुनाफाबाट हालसम्म ९ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका हुन् ।

हालसम्म तीन बैंकसहित ९ वटा कम्पनी (म्युचुअल फण्ड बाहेक) ले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्नेमा कुमारी बैंक, नेपापल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स बैंक, रुरु जलविद्युत परियोजना, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

यस्तै, नेपाल ल्युब आयल, बोटलर्स नेपाल तराई र बालाजुले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।
गत आवको मुनाफाबाट कुमारी बैंकले १२.५ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.५२६३ प्रतिशत र सिटजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यी तीनै वटा बैंकले सेयरधनीहरुलाई बोनस नदिने भएका हुन् ।

यस्तै, गत आवको मुनाफबाट रुरु जलविद्युत परियोजनाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ भने अरुण काबेलीले १० प्रतिशत बोनस सेयर र सानिमा माई हाइड्रोपावरले ५.२६३२ नगद लाभांश वितरण गर्ने भएको हो ।

त्यसैगरि नेपाल ल्यूब आयालले भने २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश दिने भएको हो ।

यता, बोटलर्स नेपाल बालाजुले २० प्रतिशत र बोटलर्स नेपाल तराईले भने ६० प्रतिशत नगद लाभांश मात्रै दिने भएका छन् । कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर भने नदिने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्