अभियान लघुवित्तका शेयरधनी मालामाल, यी कम्पनीले सर्वाधिक कमाए
काठमाडौं । साताको पहिलो कारोबारको दिन शेयर बजार ओरालो लागेको छ । आज शेयर बजारमा सामान्य अकंले घटे पनि अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता भने मालामाल भएका छन् ।
आज कम्पनीको शेयरमा सर्किट लागेको हो । आज कम्पनीको शेयर ६६.७० रुपैयाँले बढेर प्रतिकित्ता ७३४.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आज स्टन्र्ड चाटर्ड बैंकको ७.२५ प्रतिशत र एभरेष्ट बैंकको ५.१५ प्रतिशतले शेयर बढेको हो ।



















